मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल प्रशिक्षण केन्द्रको नवनिर्मित तल्लाको उद्घाटन

सोमबार, २७ पौष २०७७खेलपाटी संवाददाता
भलिबल प्रशिक्षण केन्द्रको नवनिर्मित तल्लाको उद्घाटन

नयाँ तल्लाको उद्घाटन गर्दै प्रदेश सांसद जीवन खड्का । फाेटाे : खेलपाटी

mustang rice ad

काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको थप गरिएको नयाँ तल्लाको उद्घाटन गरिएको छ ।

सोमबार ललितपुरका प्रदेश सांसद जीवन खड्काले प्रशिक्षण केन्द्रको कार्यालय भवनको रुपमा बनेको नयाँ तल्लाको उद्घाटन गरेका हुन् ।

संसदीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकास कोषबाट अनुदान सहयोगमा प्रशिक्षण केन्द्रको भवन निर्माण गरिएको हो ।

खड्काको सांसद विकास कोषको अनुदान रकमबाट भवनको तल्ला थप गरिएको प्रशिक्षण केन्द्रले जनाएको छ । उद्घाटनसंगै प्रशिक्षण केन्द्रको कार्यालय नयाँ तल्लाबाट सञ्चालनमा आएको छ ।

भवनको उद्घाटन गर्दै सांसद खड्काले लामो विरासत बोेकेको प्रशिक्षण केन्द्रको विकासका लागि सांसद विकास कोषको रकम सहयोग गरिएको बताए । उनले निर्माणाधिन अवस्थामा रहेको जावलाखेलको भलिबल कभर्ड हल देशकै उदाहरणिय बन्ने विश्वास ब्यक्त गरे ।

प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संस्थालाई थप व्यवस्थित बनाउँदै अघि बढ्न आवश्यक रहेको बताएका थिए । उनले प्रशिक्षण केन्द्रको भवन र कभर्डहल निर्माण गर्न प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

ललितपुरका प्रदेश सांसद खड्काले उपलब्ध गराएको २० लाख रुपैयाँमा ट्रेनिङ सेन्टरको कार्यालय तल्ला निर्माण गरिएको हो ।

प्रशिक्षण केन्द्रका महासचिव कुमार केसीले प्रदेश सरकारको २७ लाखको सहयोगमा कभर्डहलको दक्षिणतर्फको प्यारापिट निर्माण हुने प्रक्रियामा रहेको जानकारी दिए ।

बागमती प्रदेश सरकारकै सहयोगमा जावलाखेलमा भलिबलको एकमात्र कभर्डहल बन्ने क्रममा रहेको छ ।

आगामी बैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कभर्डहललाई प्रदेश सरकारले २ करोड ४५ लाख रुपैयाँ प्रदान गरेको छ ।

नयाँ भवनकाे उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नारायण केसी र वडा नम्बर १३ का अध्यक्ष गणेश केसीको उपस्थिती रहेको थियो ।

यस्तै, राखेप बोर्ड सदस्य ईन्दिरा निरौला, भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ तथा प्रशिक्षण केन्द्रका सदस्यहरु निलम बज्राचार्य, अन्जु श्रेष्ठ र मनिदा शाही समेत कार्यक्रममा सहभागी थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

Bajaj Pulsar Motorcycle Ad
वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा