मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पोर्टस अवार्ड चार टेलिभिजनमा हेर्न पाईने

सोमबार, २७ पौष २०७७खेलपाटी संवाददाता
स्पोर्टस अवार्ड चार टेलिभिजनमा हेर्न पाईने
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना महामारीका भर्चुअल रुपमा आयोजना हुन लागेको १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानल एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । यस्तै त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिने बताईएको छ । कार्यक्रमका निम्तालु जुममार्फत अवार्ड कार्यक्रममा जोडिनेछन् ।

कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताए । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ ।

यसअघि सयौं खेलप्रेमी महानुभावका माझ हुने कार्यक्रम सीमित व्यक्तित्वको उपस्थितिमा आयोजना हुनेछ । कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहने सुबेदीको भनाई छ ।

अवार्ड मंगलबार (पुस २८ गते) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।

कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ ।

नेपालमै पहिलो पटक हुन लागेको भर्चुअल रूपको यस किसिमको अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान कार्यक्रमकै दिन घोषणा गरिने परम्परा छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक