काठमाडौं । लोकेन्द्र गुरुङ्गको अध्यक्षतामा गण्डकी प्रादेशिक फुटबल संघको पुनर्गठन गरिएको छ ।
गोरखामा शनिबार एक औपचारिक कार्यक्रमका बीच गुरुङ्गको अध्यक्षतामा गण्डकीको प्रादेशिक फुटबल संघ पुनर्गठन गरिएको हो ।
लोकेन्द्र गुरुङ्गको अध्यक्षतमा गठिन नयाँ कमिटिको वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ्ग र उपाध्यक्षहरुमा राम राजा गुरुङ्ग, सेतबहादुर पुन, निरज गुरुङ्ग रहेका छन् ।
यस्तै महासचिवमा दिपेन्द्र श्रेष्ठ चुनिदाँ सहायक महासचिवमा ज्योती श्रेष्ठ, प्रेम गुरुङ्ग, प्रितम गुरुङ, प्रकाश रेग्मी रहेका छन् ।
यस्तै, कोषाध्यक्षमा मुक्त राना र सह–कोषाध्यक्षमा नर गुरुङ्ग रहेका छन् ।
सदस्यमा वेदबहादुर गुरुङ्ग, सुमन गुरुङ्ग, हरी खड्का, विनोद गुरुङ्ग र दिनेश केसी रहेका छन् ।
पुनर्गठित संघको प्रवक्ताको जिम्मेवारी रमेश कार्कीले पाएका छन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाकै उपस्थितीमा झण्डै एक वर्ष अघि गण्डकीको प्रादेशिक फुटबल संघ गठन भएको थियो । प्रदेशको तदर्थ कमिटिले असहयोग गरेको निष्कर्श सहित एन्फाले प्रदेश कमिटिको पुनर्गठन गरेको हो ।
संशोधित विधान अनुसार एन्फाले सबै प्रदेशमा प्रादेशीक फुटबल संघको गठन प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । बागमती बाहेक सबै प्रदेशमा एन्फाले सर्वसम्मत रुपमा तदर्थ कमिटि गठन गर्न सफल बनेको छ ।