काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको छ ।
राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो ।
राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले नवनियुक्त प्रशिक्षक गुरुङ्गलाई नियुक्तिको प्रमाण पत्र दिएका थिए ।
गुरुङ्गले देशभर रहेका फुटबल प्रशिक्षकसंग समन्वय गरेर प्रशिक्षणलाई अघि बढाउनेछिन् ।
देशभर चलेका प्रशिक्षणलाई ब्यवस्थित गर्ने, संयोजन गर्ने, योजना बनाउने र आवश्यक निर्देशन दिने काम मुख्य प्रशिक्षकको रुपमा गुरुङ्गको रहनेछ ।
राखेपले गुरुङ्गको समय अवधि तोकेको छैन ।
‘प्रशिक्षकको प्रर्दशन हेछौं । कामको प्रर्दशन राम्रो भएको अवस्थामा थप्दै जान्छौं । काम राम्रो हुन सकेन भने नयाँलाई अवसर दिन्छौं ।’ तालिम विभाग प्रमुख बिकले भने ।