काठमाडौं । भुपेन्द्र बिक्रम थापाको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)को लुम्बिनी प्रादेशिक फुटबल संघ गठन भएको छ ।
बिहिबार एक कार्यक्रमका बीच थापाको नेतृत्वमा १३ सदस्यीय प्रादेशीक फुटबल संघ निर्विरोध गठन भएको हो ।
प्रदेशको उपाध्यक्ष अजितराज भण्डारी, भिमकाजी गुरुङ्ग र सुर्यमणी अधिकारी निर्विरोध भए ।
महासचिवमा रुपन्देहका लोक पुन निर्वाचित भए ।
यस्तै, सचिवमा सुरेन्द्रमान कर्माचार्य र कोषाध्यक्षमा सन्जात धिताल चुनिए ।
यस्तै, प्रदेश कमिटिको सदस्यमा होम क्षेत्री, कृण्णराज शाक्य, अनिलकुमार शाक्य, सुदीप राना, शिव श्रेष्ठ, रामबहादुर राउत निर्वाचित भएका छन् ।
संघिय संरचना अनुसार एन्फाले प्रदेश कमिटि गठनलाई तिव्रता दिएको छ । एन्फाले अब गण्डकी र बागमतीमा प्रदेश कमिटि गठन गर्न बाँकी छ ।
एन्फाले अहिलेसम्म सर्वसम्मत रुपमा प्रदेश कमिटि गठन गर्न सफल देखिएको छ ।