आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. पलिस्थालाई मुवाँथाई बर्ष खेलाडी सम्मान

पलिस्थालाई मुवाँथाई बर्ष खेलाडी सम्मान

२०२० डिसेम्बर ३०, बुधबारखेलपाटी संवाददाता

पलिस्थालाई मुवाँथाई बर्ष खेलाडी सम्मान

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।

पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो ।

सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे ।

कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिख सम्म मित्र राष्ट्र थाईल्याण्डम सम्पन्न १६ औं बिश्व मुवाँथाई च्याम्पियनसिप – २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।

संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै, संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान ग¥यो । खेलाडीहरुलाई उक्त पोशाक प्रमुख अतिथी राखेप उपाध्यक्षले वितरण गरे । सम्मानित हुने खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ्ग रहेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने बिश्वास ब्यक्त गरे ।

यस्तै उपाध्यक्ष कोईरालाले राखेपमा दर्ता रहेर पनि क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई ब्यवस्थित रुपमा अगाडी बढाउने प्रयास सुरु भईसकेको बताए ।

कोईरालाले अव राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनु पर्ने र राष्ट्रिय संघले पनि परिषदको बारेमा जानकारीका साथै परिषद्लाई सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९, मिरा कक्षपती, ४ पटक सम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’