आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. प्रधानसेनापतिको हातमा क्लब लाईसेन्सको प्रमाणपत्र

प्रधानसेनापतिको हातमा क्लब लाईसेन्सको प्रमाणपत्र

२०२० डिसेम्बर ३०, बुधबारखेलपाटी संवाददाता

प्रधानसेनापतिको हातमा क्लब लाईसेन्सको प्रमाणपत्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाईसेन्सिङको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

आर्मी हेडक्वार्टरमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई क्लब लाईसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा स्वयम उपस्थित भए एएफसीको क्लब लाईसेन्सको प्रमाणपत्र बुझेका थिए । उनलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रमाणपत्र हस्तान्तरण गरे ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने विभागीय टिम आर्मी पहिलो फुटबल क्लब हो ।

लाईसेन्सका लागि आवश्यक मापदण्ड पुरा गरेपछि आर्मीले एएफसीको लाईसेन्स प्राप्त गरेको हो ।

एएफसीले क्लब लाईसेन्स लागु गर्ने नीति अख्तियार गरेपछि ब्यवसायीक फुटबलमा विभागीय टिमको भविष्य अन्यौलमा परेको थियो ।

तर विभागीय टिम आर्मी आफै अग्रसर भएर फुटबलमा ब्यवसायीक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै एएफसीका सम्पूर्ण मापदण्ड पुरा गरेको हो ।

सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बेग्लै फुटबल क्लब दर्ता गरेको थियो ।

यसअघि आर्मीले त्रिभुवन आर्मी क्लबबाट फुटबल लगायतका अन्य खेलहरु समेत खेल्दै आएको थियो ।

एएफसीले लाईसेन्सका लागि बेग्लै क्लब दर्ता र विधान आवश्यक रहेको बताएको थियो । सोही अनुसार आर्मीले राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेर एएफसीका सम्पुर्ण मापदण्ड पुरा गरेको थियो ।

आर्मीले सम्पुर्ण मापदण्ड पुरा गरेपछि एन्फाले एएफसी समक्ष लाईसेन्सका लागि आर्मीलाई सिफारिस गरेको हो ।

आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।

लाईसेन्स प्राप्त गरेसंगै एएफसीका आधिकारिक प्रतियोगितामा आर्मीले सहभागीता जनाउने बाटो खुलेको छ ।

लाईसेन्स नहुँदा गत वर्षको लिग विजेताको रुपमा मछिन्द्रले एएफसीको प्रतियोगिता खेल्नबाट बञ्चित बनेको छ । मछिन्द्रको अनुपस्थितीमा आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

आर्मीले प्राप्त गरेको सफलतामा प्रधानसेनापति आफै उपस्थित भएर प्रमाणपत्र बुझेका हुन् ।

पछिल्लो समय आर्मीलाई थप ब्यवसायीक र पारदर्शी बनाउने अभियानको नेतृत्व गरेका प्रधानसेनापतिले फुटबललाई समेत ब्यवसायीक रुपमा अघि बढाउने कदममा महत्वपुर्ण सफलता हात पारेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’