सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानसेनापतिको हातमा क्लब लाईसेन्सको प्रमाणपत्र

बुधबार, १५ पौष २०७७खेलपाटी संवाददाता
प्रधानसेनापतिको हातमा क्लब लाईसेन्सको प्रमाणपत्र

क्लब लाईसेन्सको प्रमाणपत्र आर्मीका प्रधानसेनापतिलाई हस्तान्तरण गर्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाईसेन्सिङको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

आर्मी हेडक्वार्टरमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई क्लब लाईसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा स्वयम उपस्थित भए एएफसीको क्लब लाईसेन्सको प्रमाणपत्र बुझेका थिए । उनलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रमाणपत्र हस्तान्तरण गरे ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने विभागीय टिम आर्मी पहिलो फुटबल क्लब हो ।

लाईसेन्सका लागि आवश्यक मापदण्ड पुरा गरेपछि आर्मीले एएफसीको लाईसेन्स प्राप्त गरेको हो ।

एएफसीले क्लब लाईसेन्स लागु गर्ने नीति अख्तियार गरेपछि ब्यवसायीक फुटबलमा विभागीय टिमको भविष्य अन्यौलमा परेको थियो ।

तर विभागीय टिम आर्मी आफै अग्रसर भएर फुटबलमा ब्यवसायीक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै एएफसीका सम्पूर्ण मापदण्ड पुरा गरेको हो ।

सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बेग्लै फुटबल क्लब दर्ता गरेको थियो ।

यसअघि आर्मीले त्रिभुवन आर्मी क्लबबाट फुटबल लगायतका अन्य खेलहरु समेत खेल्दै आएको थियो ।

एएफसीले लाईसेन्सका लागि बेग्लै क्लब दर्ता र विधान आवश्यक रहेको बताएको थियो । सोही अनुसार आर्मीले राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेर एएफसीका सम्पुर्ण मापदण्ड पुरा गरेको थियो ।

आर्मीले सम्पुर्ण मापदण्ड पुरा गरेपछि एन्फाले एएफसी समक्ष लाईसेन्सका लागि आर्मीलाई सिफारिस गरेको हो ।

आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।

लाईसेन्स प्राप्त गरेसंगै एएफसीका आधिकारिक प्रतियोगितामा आर्मीले सहभागीता जनाउने बाटो खुलेको छ ।

लाईसेन्स नहुँदा गत वर्षको लिग विजेताको रुपमा मछिन्द्रले एएफसीको प्रतियोगिता खेल्नबाट बञ्चित बनेको छ । मछिन्द्रको अनुपस्थितीमा आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

आर्मीले प्राप्त गरेको सफलतामा प्रधानसेनापति आफै उपस्थित भएर प्रमाणपत्र बुझेका हुन् ।

पछिल्लो समय आर्मीलाई थप ब्यवसायीक र पारदर्शी बनाउने अभियानको नेतृत्व गरेका प्रधानसेनापतिले फुटबललाई समेत ब्यवसायीक रुपमा अघि बढाउने कदममा महत्वपुर्ण सफलता हात पारेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल