मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको प्रदेश कमिटि गठनको मिति तय

आइतबार, १२ पौष २०७७खेलपाटी संवाददाता
एन्फाको प्रदेश कमिटि गठनको मिति तय
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बाँकी रहेका प्रदेश कमिटि गठनको मिति टुङ्गो लगाएको छ ।

प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको छ ।

तीन प्रदेशमा सर्वसम्मत प्रदेश कमिटि गठन गरेको एन्फाले बाँकी चार प्रदेशका लागि मिति तोकेको छ ।

एन्फाको पछिल्लो कार्यसमिति बैठकले लुम्बिनी, बागमती, कर्णाली र गण्डकी प्रदेशको कमिटि गठनका लागि केन्द्रिय प्रतिनिधि तय गरेको थियो ।

एन्फाले कर्णाली प्रदेशका लागि कुमार केसी, बागमतीका लागि पूर्णमान चित्रकार, लुम्बिनीका लागि कृण्ण थापा र गण्डकी प्रदेशका लागि प्रकाश पंगेनीलाई जिम्मेवारी दिएको थियो ।

एन्फाका जिल्ला समन्वय समितिका संयोजक विरबहादुर खड्काका अनुसार तदर्थ कमिटि गठनका लागि गण्डकी प्रदेशमा १७ गते, बागमती प्रदेशमा २० गते, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा १३ गतेको मिति तय गरिएको छ ।

लुम्बिनीका केन्द्रिय परिवेक्षक कृण्ण थापाले कार्यब्यस्तताको कारण देखाउँदै समय केही दिन पर सार्न अनुरोध गरेका छन् । सोही अनुसार १५ गते लुम्बिनी प्रदेशमा तदर्थ कमिति गठनको मिति तय हुने सम्भावना रहेको छ ।

एन्फाले प्रदेशको तदर्थ कमिटि गठनमा सहमती जुटाउन यसअघि अनौपचारिक छलफल अघि बढाएको थियो । एन्फाले सहमतीकै आधारमा यसअघि प्रदेश एक, दुई, सुदुरपश्चिम प्रदेशमा तदर्थ कमिटि गठन गरेको छ ।

एन्फा स्रोतका अनुसार बाँकी रहेको प्रदेश मध्य कर्णालीको तदर्थ कमिटिको संयोजकमा सहमती जुटिसकेको छ । कर्णालीको प्रदेश कमिटिको नेतृत्वमा प्रमोद हमालको नाममा सर्वसम्मती छ । उनी भर्खरै कर्णाली प्रदेश खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित समेत भएका थिए ।

अन्य प्रदेशमा भने सहमती जुट्न बाँकी छ ।

मुख्य रुपमा लुम्बिनी र बागमतीको नेतृत्वमा सहमती जुटाउन कठिन देखिएको छ । लुम्बिनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र दाङ्ग जिल्ला फुटबल संघका पूर्व अध्यक्ष पुकार थापाबीच मुख्य प्रतिस्पर्धा छ ।

यता, बागमतीमा वर्तमान एन्फा नेतृत्वविरुद्ध विरोधमा उत्रदै आएका विराटजंग शाहीको दाबी एन्फाको संस्थापन पक्षलाई टाउको दुखाईको विषय बनेको छ ।

एन्फाले सहमतीनै प्रदेशको तदर्थ कमिटि गठन गर्न खोजेको छ । तर केन्द्रिय निर्वाचनलाई प्रभावित पार्ने हुनाले प्रदेशको कमिटि गठनलाई महत्वका साथ हेरिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’