मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरकारी सम्मानका साथ रिमालको अन्त्येष्टि

शनिबार, ११ पौष २०७७खेलपाटी संवाददाता
सरकारी सम्मानका साथ रिमालको अन्त्येष्टि

रिमालको पार्थीव शरीरमा राखेपको झण्डा ओढयाउँदै उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवाल । फोटो : राखेप

Loading ad...
mustang rice ad

काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको सरकारी सम्मानका साथ शनिबार अन्त्येष्टि गरिएको छ ।

मस्तिष्क सम्बन्धि रोगबाट पिडित रिमालको शुक्रबार काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक समेत रहेका रिमालको पार्थिव शरिरलाई शनिबार राखेपको हातामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराई, सुभाष श्रेष्ठ, इन्दिरा निरौला, नन्दा बस्याल, सम्पन्न श्रेष्ठ, रिम रानाभाट सहित नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भलिबल संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारी, परिवारजन लगायतले रिमालको पार्थीव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रिमालको पार्थीव शरीरमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले राखेपको भण्डा तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निराेज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल संघको झण्डा ओढाएका थिए ।

वीरगञ्ज पर्साका रिमालको शुक्रबार बाँसवारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो ।

उनी मस्तिष्क सम्बन्धि रोगबाट ग्रसीत थिए । २०५० सालमा राखेपमा भलिबल प्रशिक्षक (तृतीय श्रेणी) का रुपमा सेवा प्रवेश गरेका रिमाल त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए ।

राखेपमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका रिमालले नेपाली सेना र नेपाल प्रहरीमा पनि प्रशिक्षकका रुपमा कार्य गरेका थिए । उनले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुद खेलेका थिए । रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ ।

राखेप उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेको कामलाई उनका सहकर्मीले पूरा गर्न प्रतिबद्धत भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

सदस्य–सचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउदै उनको निधनले भलिबलमा अपूर्णिय क्षति पुगेको बताए ।

उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए ।

भलिबल संघका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनु पर्दा निकै दुखित भएको बताउदै भलिबलले अपूर्णिय क्षति व्यहोर्नु परेको बताए ।

स्व. रिमालको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ । रिमालका श्रीमती, छोरा र छोरी छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’