शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेल संघको वर्गिकरण हुन्छ – खेलकुद मन्त्री विश्वकर्मा

सोमबार, पुष ६, २०७७खेलपाटी संवाददाता
खेल संघको वर्गिकरण हुन्छ – खेलकुद मन्त्री विश्वकर्मा
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका खेल संघको बर्गिकरण गरिने बताएका छन् ।

राखेपको आयोजनामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेलको बर्गिकरणको ब्यवस्था गरेको उल्लेख गर्दै खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा खेल संघ बर्गिकरण गरिने बताए ।

राखेपले नयाँ ऐनका विषयमा राखेपमा दर्ता भएका खेल संघसंग अन्तरक्रिया गर्न कार्यक्रमको आयोजना गरेको हो ।

राखेप उपाध्यक्ष शिव कोईरालाले एउटै ब्यक्तिको धेरै ठाउँमा जिम्मेवार पाएको भेटिएको उल्लेख गर्दै यस प्रथाको अन्त्य गरिने बताए । उनले केही संघको गतिविधिले खेलकुदनै बदनाम हुँदै आएको उल्लेख गर्दै खेल संघको संख्याले राज्यलाई फरक नपार्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनले गरेको ब्यवस्थाका विषयमा खेल संघका पदाधिकारीलाई जानकारी गराएका थिए ।

उनले नयाँ ऐन अनुसार खेलकुद र खेल संघको बदलिदो परिवेशबारे संघका पदाधिकारीलाई प्रकाश पारेका थिए ।

सचिव थपलियाले नयाँ ऐनले परिभाषित गरेका खेलाडीको परिचयदेखि संघ र राखेपले बनाउने र सार्वजनीक गर्नुपर्ने वार्षिक प्रतिवेदनबारे स्मरण गराएका थिए ।

चालू आर्थिक वर्ष सकिएको झण्डै ६ महिना बितेपनि खेल संघले राखेपमा र राखेपले मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाएका छैनन् ।

सचिव थपलियाले नयाँ ऐन अनुसार खेल संघ पारदर्शी तरिकाले अघि बढ्नुपर्ने बाध्यकारी व्यवस्थाका विषयमा पदाधिकारीलाई जानकारी गराएका थिए ।

उनले राज्यको लगानीले मात्र खेलकुद अघि बढ्न नसक्ने बताउँदै अन्य सरकारी तथा नीजि क्षेत्रसंग सहयोग लिन सक्नुपर्ने धारणा राखेका थिए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्वास्थ्य मापदण्ड पुरा गरेर खेलकुद गतिविधि अघि बढाउन संघहरुलाई आग्रह गरे । उनले खेल संघको प्रशिक्षणमा आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए ।

कार्यक्रममा सहभागी बनेका खेल संघका पदाधिकारीले आफ्नो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गन अनुरोध गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए