काठमाडौं । नेपाल ओलम्पिक कमिटी अन्तर्गत शुक्रबार ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन गरिएको छ ।
कमिसनकाे अध्यक्षकाे जिम्मेवारी रमेश महर्जनले पाएका छन् ।
उनी कीर्तिपुर नगरपालिकाका मेयर पनि हुन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा शुभकामना व्यक्त गरे ।
कमिसन अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम गरिने बताए ।
कमिटीका सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार रहेका छन् । शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्य रहेकी छिन् ।