बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

‘नयाँ ऐनले धेरै खेल संघमा गणतन्त्र आउँछ’

बिहिबार, पुष २, २०७७हिम बिक्रम केसी
‘नयाँ ऐनले धेरै खेल संघमा गणतन्त्र आउँछ’
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनसंगै धेरै खेलकुद संघमा गणतन्त्र आउने भएका छन् ।

खेलपाटीसंग विशेष संवाद गर्दै उपाध्यक्ष कोईरालाले नयाँ खेलकुद ऐनले संघका पदाधिकारीलाई दुई कार्यकाल भन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै धेरै संघमा अब गणतन्त्र आउने बताए ।

‘नयाँ ऐनले संघका पदाधिकारीलाई दुई कार्यकाल भन्दा बढी नबस्न भनेको छ । धेरै संघमा अब गणतन्त्र आउँछ । जनवाद आउँछ ।’ कोईरालाले खेलपाटीसंग भने, ‘चालिसौं वर्षदेखि संघको नेतृत्व गरेर यसलाई लालपुर्जा बनाएर बसेका छन् । त्यो गलत भएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयले खेल संघका विवाद समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन गरेको छ । उपाध्यक्ष नेतृत्वको समितिले खेलकुद ऐन अनुसार विधिसम्मत नदेखिएका खेल संघलाई छानबीन गरी विधि सम्मत बनाउन सिफारिस गर्ने अख्तियारी समेत पाएको छ ।

उपाध्यक्ष कोईरालाले समय अनुसार खेल संघ रुपान्तरित हुनुपर्ने बताउँछन् ।

‘संघले पदाधिकारीले आफुलाई रुपान्तरण गर्नुपयो । डाईनोसर अनुसार आफुलाई परिवर्तन गर्न नसकेर लोप हुन भएन । लोप हुदाँ पनि प्रशंसा योग्य भएर विदा हुन पर्यो ।’ उनले भने ।

खेलकुद ऐनले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ राखेपमा दर्ता नहुने व्यवस्था गरेको छ । ऐन कार्यान्वयनमा आएको तीन महिनाभित्र एकै प्रकृतिका एक भन्दा बढी संघलाई मिलाएर एउटै बनाउनुपर्ने ब्यवस्था नयाँ खेलकुद ऐनले गरेको छ । तर ऐन कार्यान्वयनमा आएको तीन महिनासम्म खेलकुद मन्त्रालय र राखेपले विवाद समाधानका लागि कुनै पहल गरेनन् । तर मंसिर १८ गते मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले संघको विवाद समाधानका लागि कोईराला नेतृत्वको समिति गठन गरेको हो ।

समितिले प्रारम्भिक चरणमा १६ वटा संघलाई पत्र लेख्दै एक साता भित्र विमति भएका विषयमा एक आपसमा छलफल गरेर पत्र सहित उपस्थित हुन पत्राचार गरेको छ ।

‘ऐन अनुसार मापदण्ड नपुगेका धेरै संघले आफै हात झिक्छन् भन्ने सोचेको छु ।’ कोईरालाले भने, ‘विभिन्न समूहमा रहेका सक्रिय संघलाई एक ठाउँमा ल्याउन पहल गर्ने हो । सबैको चित्त बुझाउने कोशिश गर्ने हो । सहमती नबनेको खण्डमा परिषद्ले तदर्थ कमिटि बनाईदिने हो ।’

उपाध्यक्ष कोईरालाले अनुदान लिन र विदेशमात्र जान खोलिएका संघलाई राखेपले गम्भिर रुपमा लिने समेत बताए । उनले खेलकुद ऐन अनुसार मापदण्ड नपुगेका खेल संघहरु स्वत क्लबमा रुपान्तरित हुने उल्लेख गरे ।

‘विदेश जानलाई खोलिएका र अनुदान लिन खोलिएका संघ आफैले बन्द गर्नुपर्छ । नत्र परिषद्ले हेर्छ । परिषद्ले चाहिने संघलाई राख्ने र नचाहिनेलाई क्लबमा रुपान्तरण गर्छ ।’ कोईरालाले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए