काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हेड अफ फुटसल र बीच फुटबलमा बिनोद गुरुङ्गलाई मनोनयन गरेको छ ।
आईतबार एक कार्यक्रमका बीच एन्फाका फुटसल विभागका संयोजक रत्नकुमार श्रेष्ठले गुरुङलाई हेड अफ फुटसल र बीच फुटबलको जिम्मेवारी दिएका हुन् ।
एन्फाको मंसिर २५ गते बसेको कार्यसमिति बैठकले फुटसल र बीच फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार विभागलाई थप क्रियाशिल बनाउन हेड अफ फुटसल मनोनयन गरिएको एन्फाले जनाएको छ ।
एन्फा निर्वाचन लगत्तै फुटसल समितिको संयोजकको जिम्मेवारी दावा लामालाई दिईएको थियो ।
तर समिति निष्कृय बसेको र नेतृत्वविरुद्ध मोर्चाबन्दी गरेको भन्दै दावालाई जिम्मेवारीबाट हटाउँदै रत्नकुमार श्रेष्ठलाई मनोनयन गरिएको थियो ।
रत्न यसअघि मेडिकल समितिमा थिए । रत्न फुटसल समितिमा आएपछि रिक्त मेडिकल समितिको संयोजकमा निरोज खड्कीलाई जिम्मेवारी दिईएको छ ।