काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहिबार सम्पन्न भयो ।
बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।
बैठकले एन्फा क्लब लाईसेन्सिङ्गका मापदण्डहरु पारित गर्दै अघि बढेको थियो ।
बैठकले एन्फाका विभिन्न विभागका रणनीतिक योजना अनुमोदन गर्दै युवा विकास परियोजना पारित गर्नेदेखि विश्वकप छनोटको व्यवस्थापनको बिषय टुङ्गो लगाएको थियो ।
बैठकले मुख्य रुपमा राष्ट्रिय टिमका खेलाडीको भत्ता बढाउनेदेखि स्वर्गिय मणी शाहको शालिक बनाउने सम्मको निर्णय गर्यो ।
एन्फाको कृत्रिम घाँसे मैदानमा फ्लडलाईट जडानदेखि कास्कीस्थित एन्फाको बहुउद्धेश्य फुटबल टेक्निकल सेन्टर निर्माणको टेण्डर आह्वान गर्ने निर्णय भएको छ ।
हेर्नुस, एन्फा बैठकका पुरा निर्णयहरु :