काठमाडौं– नेपाल ओलम्पिक कमिटी अन्तर्गत वुमेन्स कमिसनले बुधबार पूर्णता पाएको छ ।
ज्योति राणा अध्यक्ष रहेको कमिसनमा बुधबार ११ सदस्यीय कमिटी गठन भएको छ । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो ।
यसअघि पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरेका थिए ।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताईन् ।
उनले महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताईन् ।
यस्तै, कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्ने समेत जानकारी दिईएको छ ।