कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउदै
मंगलबार, मंसिर १६, २०७७खेलपाटी संवाददाता

काठमाडौं । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइन नेपाल आउने भएका छन् ।
नेपाल ओलम्पिक कमिटीले महासचिव जसिम बुधबार नेपाल आइपुग्ने जनाएको छ ।
महासचिव जसिमसँगै कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ ।
कतारी प्रतिनिधि मण्डल एक दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
भ्रमणको दौरान कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्ने छन् ।
यस्तै प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् ।
कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)