काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल विकासका लागि नेपाल नगरपालिका संघसँग सहकार्य गरेको छ ।
एन्फाले शुक्रबार नगरपालिका संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपाली फुटबल विकासको लागि एन्फा र नगरपालिकाबीच खेलकुद प्रतियोगितासहित विविध कार्यमा सहकार्य हुनेछ ।
एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता भएको हो । आवश्यकता अनुसार सम्झौता थप हुने बताईएको छ ।
सम्झौतापछि बोल्दै नगरपालिकाका अध्यक्ष श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि यस सम्झौता कोशेढुंगा सावित हुने बताए ।
एन्फाका अध्यक्ष शेर्पाले फुटबललाई स्थानीय तहसम्म जोड्न यस सम्झौता महत्वपूर्ण हुने बताए ।
शेर्पाले फुटबल पूर्वाधार निर्माण, प्रतियोगिता लगायत धेरै क्षेत्रमा सहकार्य भएको भन्दै आफुहरु सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताए ।