काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि नाम छनोट गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ का लागि दिईने राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि १३ जनाको नाम छनोट गरेको हो ।
मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान गर्ने एक कम्पनी, एक समूह र ११ जना व्यक्तिलाई पुरस्कारका लागि सिफारिस गरेको छ ।
मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि बागमती प्रदेशबाट देविका बुढाथोकी, महेश प्रकाश हाडा, सरिता श्रेष्ठ भट्टराई, प्रकृति मैनाली, मञ्जु खाँड र लुनिभा वाल सरोकार समूहलाई छनोट गरेको छ ।
यस्तै, प्रदेश नम्बर १ बाट राउत एण्डसन्स बहुद्धेश्यीय कृषि तथा पशुपालन प्राली र प्रदेश नम्बर दुईबाट अश्विनीकान्त झालाई छनोट गरेको छ ।
कर्णाली प्रदेशबाट टंकबहादुर नेपाली, रचना सुनार, सजना सुनारको नाम छनोट गरेको छ । यस्तै, सुदुरपश्चिम प्रदेशबाट धिरेन्द्र चन्द, गण्डकी प्रदेशबाट सुनिता क्षेत्रीको नाम छनोट गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले प्रत्येक वर्ष राष्ट्रिय रुपमा योगदान पुर्याएका युवा र संस्थालाई सम्मान गर्दै आएको छ ।