ढाका । साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले २–० ले अग्रता लिएको छ । खेलको ६९ औ मिनेटमा विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिल वलले गोल गरेका छन् ।
सुनिलको गोलसंगै नेपालले खेलमा २–० को अग्रता लिएको छ ।
खेलको २१ औ मिनेटमा अनन्त तामाङको गोल मार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो ।
शुनिल वलको कर्नरमा अनन्तले गोल गरेका थिए ।
समुह चरणको दास्रो खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सेमिफाईनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएको थियो ।