काठमाडौं । गोपाल खनाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
उद्योग वाणिज्य महासंघको सिफारिसमा मन्त्री विश्वकर्माले खनाललाई नियुक्त गरेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एक जना मनोनयन गर्ने व्यवस्था छ ।
खनाल उद्योग वाणिज्य महासंघको क्लस्टरबाट बोर्ड सदस्य बनेका हुन् ।
अर्घाखाची स्थायी घर भएका उनी हाल महासंघको कार्यसमितिमा रहेका छन् ।
बोर्ड सदस्यमा नियुक्त भएपछि खनालले खेलकुदलाई अघि बढाउने सन्दर्भमा नीजि क्षेत्रलाई खेलकुद ऐनमा समेट्ने सरकारको निर्णय स्वागत योग्य रहेको खेलपाटीलाई बताए ।
उनले खेलकुदको विकासमा नीजि क्षेत्रले खेल्ने भूमिका सहयोगी हुने धारणा ब्यक्त गरे ।
‘खेलकुद ऐनमै नीजि क्षेत्रलाई समेट्ने सरकारको निर्णय स्वागत योग्य छ । खेलकुदमा नीजि क्षेत्रले खेल्ने भूमीका सहयोगी रहन्छ । सरकारले जसरी खेलकुदलाई अघि बढाउन खोजेको छ, त्यसमा नीजि क्षेत्रको सहयोग हुनेछ ।’ उनले भने ।
यसअघि परिषद् अध्यक्षको हैसियतामा मन्त्री विश्वकर्माले खेल विज्ञ र खेलकुद संघको सिफारिसमा ७ जना सदस्य नियुक्त गरेका थिए । यसअघि मन्त्रीपरिषद् बैठकले ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।
शाहसीक तथा पर्यटकीय खेलकुदबाट गोबिन्द भट्टराई मनोनित भएका थिए । राखेपको नयाँ बन्ने बोर्डमा खेलकुद विश्व विद्यालय र ओलम्पिक कमिटिबाट तीन जना सदस्य नियुक्त हुन बाँकी छ ।
राखेपको नयाँ बोर्ड ३७ सदस्यीय रहने व्यवस्था गरिएका छ । नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भईसकेका छन् ।