जर्मनीमा भूपेन्द्रलाई स्वर्ण
बुधबार, भदौ २०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीको सिविस गुइनमा भएको १२ औं वल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका भूपेन्द्र गुरुङले स्वर्ण पदक जितेका छन् ।
वल्ड मार्सल आर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगितामा भूपेन्द्रले छ्यान् छुवानमा स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, मुन्नी सुवेदीले ताइची र विजय तामाङले सान्डामा कास्य पदक जितेको नेपाल उमा कङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।
कांश्य विजेता मुन्नी सुवेदी अधिवक्ता तथा लेक्चर पनि हुन् । प्रतियोगितामा २५ राष्ट्रका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

