मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

बल खरिदको पैसा सिधै जिल्लाको खातामा

शुक्रबार, १४ कार्तिक २०७७खेलपाटी संवाददाता
बल खरिदको पैसा सिधै जिल्लाको खातामा
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सदस्य जिल्लाले मासिक रुपमा प्राप्त गर्दै आएको बल खरिदका लागि सिधै जिल्ला फुटबल संघको खातामा रकम निकासा गर्न सुरु गरेको छ ।

यसअघि केन्द्रबाट जिल्ला फुटबल संघलाई मासिक रुपमा बल उपलब्ध गराउँदै आएको एन्फाले बल खरिदका लागि सदस्य जिल्लाको खातामा सिधै रकम निकासा गर्न सुरु गरेको हो ।

एन्फाले यसअघि सदस्य जिल्लालाई मासिक १० बल केन्द्रबाट पठाउँदै आएको थियो । केन्द्रले जिल्ला संघलाई बल खरिदका लागि अब सिधै रकमनै पठाउन लागेको हो ।

एन्फाले चालू आर्थिक वर्षबाट आफ्ना ४८ सदस्य जिल्लालाई दुई किस्तामा बल खरिदको बजेट निकाशा गर्ने बताएको छ ।

एन्फा प्रवक्ता किरण राईले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ सबै जिल्लामा निकासा गरिएको खेलपाटीलाई बताए ।

‘यसअघि हामीले मासिक खेल सामाग्री पठाउँदै आएका थियौं । चालू आर्थिक वर्षबाट बर्षमा १ लाख उपलब्ध गराउने भएका छौं ।’ प्रवक्ता राईले भने ।

‘एन्फाले बैज्ञानिक ढंगले रकमको बितरण गर्नेछ र त्यसलाई जिल्ला फुटबल संघले प्रयोग गर्नेछन् ।‘ प्रवक्ता राईले भने ।

उनले दोस्रो किस्ता वापतको रकम पनि चाँडै जिल्ला संघको खातामा निकासा गरिने जानकारी दिए ।

‘पहिलो किस्ताबापत ५० हजार निकाशा भैसकेको छ । दोस्रो किस्ता चाँडैनै उपलब्ध गराउने छौं ।’ राईले थपे ।

यसअघि एन्फाले प्रत्येक महिना जिल्ला संघलाई केन्द्रबाट मासिक १० थान बल उपलब्ध गराउँदै आएको थियो ।

कतिपय जिल्लाले सो बल समेत नपाएको गुनासो गर्दै आएका थिए ।

एन्फाले जिल्ला स्तरमा फुटबल गतिविधि तथा प्रतियोगिता सञ्चालन गर्नका लागि फुटबल किन्न निश्चित रकम सिधै जिल्लामा पठाउने कार्य सुरु गरेको हो ।

एन्फाले सबै जिल्लामा सञ्चालन गरेको ग्रासरुट कार्यक्रमका लागि छुट्टै रकम जिल्लामा पठाउने गरेको छ । एन्फाले विभिन्न शीर्षकमा झण्डै १० लाख रुपैयाँ वार्षिक रुपमा जिल्लामा निकासा गरिने बताएको छ ।

यसअघि एन्फाले कोरोना महामारीबाट प्रभावित जिल्ला फुटबल संघलाई ७५ हजारका दरले आर्थिक सहयोग गरेको थियो ।

एन्फाले जिल्ला फुटबल संघलाई ग्रासरुट सहित जिल्ला लिग तथा विभिन्न एन्फाका प्रतियोगिता सञ्चालनका लागि बजेट निकासा गर्दै आएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित