एजेन्सी । मिक्स मार्सल आर्ट्सका फाइटर खबिब नुर्मागोमेडोभले सन्यास घोषणा गरेका छन् ।
रुसका यूएफसी फाइटर खबिबले शनिबार राति जस्टिन गाइथजेसँगको खेलपछि सन्यास घोषणा गरेका हुन् ।
अमेरिकन खेलाडी जस्टिनविरुद्ध जित निकाल्दै खबिबले यूएफसी लाइट लाइटवेट उपाधिमा समेत कब्जा जमाए ।
'आज म यो घोषणा गर्दछु कि यो मेरो अन्तिम खेल हो । म मेरो बुबा बिना यहाँ आउन सक्दिन,' उनले भने ।
खबिबले जस्टिनविरुद्ध आफ्ना बुबा तथा प्रशिक्षक अब्दुलमानप बिना खेलेका थिए ।
एमएमए प्रशिक्षक अब्दुलमानपको यस वर्षको सुरुवातमा निधन भएको थियो । कोरोना भाईरसको संक्रमणको कारण ५७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
३२ वर्षीय खबिब यूएफसी फाइटमा अपराजित समेत रहे । जस्टिनसँगको खेलसँगै खबिब २९ बाउटसम्म अपराजित रहेका छन् ।