काठमाडौं । नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
२४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ दिनेशले स्वर्ण जितेका हुन् ।
यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने ।
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् ।
हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत सुनारले कास्य जिते ।
सेल्फ डिफेन्सतर्फ दाङको टोलीले स्वर्ण जित्यो । स्वर्ण जित्ने टोलीमा गंगा घर्तीमगर, सोमराज बिष्ट, शिसिर चौधरी, अस्मिता महरा, गणेश केसी र रीता सुनार रहेका छन् । यस्तै, काठमाडौंको टोली दोस्रो र नुवाकोटको टोली तेस्रो बन्यो ।
काठमाडौंको टोलीमा अम्बिका तामाङ, आशुँ शाह, अनिशा तामाङ, आयूशा तामाङ, सानुमाया तामाङ र डोल्मा लामा रहेका थिए । यस्तै, तेस्रो हुँने नुवाकोटको टोलीमा रन्जिता गुरुङ, शर्मिला गुरुङ, यमराज गुरुङ र राजाराम गुरुङ रहेका छन् ।
डेमोन्स्ट्रेसनतर्फ कृती गिरी, अन्जना परियार, मोनालिसा मल्ल, शितल नेपाली, अनिशा परियार, बिकिसा गुरुङ रहेको कास्कीको टोली पहिलो बन्यो । यस्तै, पश्चिम रुकुमको टोली दोस्रो तथा प्यूठानको टोली तेस्रो बन्यो ।
पूर्वी रुकुमको टोलीमा चेतन वली, निशा बस्नेत, माधव ओली, सुस्मिता श्रेष्ठ र शिसिर भण्डारी तथा प्यूठानको टोलीमा सुमिता केएम, फउडी खत्री, अरुण योगी, सीता खड्का, जीवन परियार, सीता पुन मगर रहेका छन् ।
कोरोना भाइरस महामारी सुरु भएपछि संघले आफ्ना खेलाडीलाई खेलमै सक्रिय बनाइराख्ने प्रयास स्वरुप भर्चुअल रुपमै भए पनि प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।