काठमाडौं । विश्व चर्चित खेलकुद पोशाक तथा सामाग्री उत्पादक कम्पनी केल्मीको आउटलेट जावलाखेलमा खुलेको छ ।
नेपाली खेलकुदमा पछिल्लो समय रुचाईएको केल्मीको आउटलेट उग्रतारा स्पोर्टस हब शनिबारबाट जावलाखेलमा संचालनमा आएको हो ।
उग्रतारा स्पोर्टस हबको संचालक ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक विष्ट रहेका छन् । आउटलेटको उद्घाटन शनिबार विभिन्न खेलका खेलाडीहरुले संयुक्त रुपमा गरेका थिए ।
नेपालमा सम्पन्न १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भलिबल खेलाडी प्रतिभा माली र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका थिए ।
केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारुको दशौँ आउटलेटको रुपमा उग्रतारा रहने छ । नयाँ आउटलेटमा खेलकुदका सबै सामग्री पाइने गरेको छ ।
स्पेनिस ब्राण्ड केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक पोशाक कम्पनि समेत हो ।