काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सरुवा भएको छ ।
मन्त्रीपरिषद्को बिहिबारको बैठकले थपलिया सहित करिब एक दर्जन सचिवको सरुवा गरेको हो ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थपलियालाई सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।
झण्डै एक वर्षदेखि खेलकुद मन्त्रालयमा रहेका थपलिया बिहिबार सरुवाको सूचिमा परेका हुन् । उनी यसअघि सह-सचिवको रुपमा समेत खेलकुद मन्त्रालयमा रहेर काम गरेका थिए ।
खेलकुद मन्त्रालयको नयाँ सचिवमा सूर्यप्रसाद गौतम आउने भएका छन् । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खेलकुद मन्त्रालयमा आउने भएका हुन् ।
तीन मन्त्रीले शपथ ग्रहण गरेको दिन मन्त्रीपरिषद् बैठकमार्फत सरकारले सचिवहरुको सरुवा गरेको हो ।