काठमाडौं । सडक दुर्घटनामा परि घाइते भएका भलिबल खेलाडी ओम प्रकाश परियारलाई भलिबल समर्थकले आर्थिक सहयोग गरेका छन् ।
नेपाली नेशनल भलिबल टिम क्यान्स क्लबले घाइते ओम प्रकाशलाई आर्थिक सहयोग गरेको हो ।
फ्यान्स क्लबले मंगलबार ओमलाई ६ लाख ५० हजार १ सय ६३ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
फ्यान्स क्लबका अभियन्ता तथा भलिबल शुभेच्छुक लक्ष्मण काप्री सहितको टिमले पोखरा पुगेर ओमलाई संकलित रकम हस्तान्तरण गरेका हुन् ।
भदौ २० गतेबाट सुरु भएको संकलन रकमलाई फ्यान्स क्लबले मंगलबार हस्तान्तरण गरेको हो ।
गण्डकी प्रदेश पुलिस टिममा आबद्ध ओम तनहुँको देबघाटमा ड्युटी सकेर फर्कने क्रममा घाईते हुन पुगेको थिए ।
संकलित रकम नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, सविच डिबी नेपाली लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।