एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेल अघिनै दिल्ली क्यापिटल्सलाई झट्का लागेको छ ।
दिल्लीका अनुभबी फास्ट बलर इशान्त शर्माले चोट बोकेका छन् ।
पहिलो खेलको पुर्व सन्ध्यामा इशान्तले अभ्यासका क्रममा चोट बोकेका हुन् । शनिबार अभ्यास गर्दै गर्दा शर्मालाई ढाडमा चोट लागेको हो ।
लामो समयदेखि खुट्टाको चोटका कारण मैदान बाहिर रहँदै आएका शर्माले पुनरागमन गर्ने तयारीमा रहेका थिए । उनी विदेशी बलर कागीसो राबडासंगै फास्ट बलिङ सम्हाल्ने जिम्मेवारीमा थिए ।
शर्माले चोट बोकेपछि उनको स्थानमा हर्सल पटेल, मोहित शर्मा र आभेस खान मध्य एकले मौका पाउने छन् ।
इशान्तले गत संस्करणको आईपीएलमा १३ इनिङ्समा ७ दशमलब ५८ को इकोनमिमा १३ विकेट लिन सफल भएका थिए ।
१३ औं संस्करणको आईपीएल दुबईमा शनिबारबाट सुरु भएको छ ।
आइतबार (आज) दिल्लीले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिलो खेल खेल्दै छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।
दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछान्ने समेत रहेका छन् ।