फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

काठमाडौं। फिफाको नयाँ वरीयता सार्वजनिक भएसँगै दक्षिण एसियाली फुटबलमा ठूलो उतारचढाव देखिएको छ।
बुधबार सार्वजनिक वरीयतामा बंगलादेशलाई स्पष्ट लाभ र नेपाललाई गम्भीर धक्का पुगेको छ। नयाँ वरीयताअनुसार बंगलादेश ३ स्थान उक्लिँदै १८०औं स्थानमा पुगेको छ। यससँगै उसले साफ क्षेत्रको तेस्रो स्थानमा रहेको नेपाललाई पछाडि पारेको छ।
यही उछालले बंगलादेश अहिले भारत र माल्दिभ्सपछि क्षेत्रको तेस्रो उच्च वरीयता राष्ट्र बनेको छ। नेपाल भने निराशाजनक प्रदर्शनसहित २ स्थान झर्दै १८२औं स्थानमा पुगेको छ।
६.८८ अंक गुमाएर प्राप्त गरेको यो स्थान नेपालका लागि पछिल्लो ९ वर्षकै सबैभन्दा न्यून वरीयता भएकाले चिन्ताजनक मानिएको छ। नेपालभन्दा अघि रहेको बंगलादेशले १७ अंकभन्दा बढी जोडेको छ। नेपालले उल्टो अंक गुमाएको छ। यसले दुवै टोलीबीचको दूरी अझै बढाएको छ।
क्षेत्रीय प्रतिस्पर्धाका अन्य टोलीहरूको अवस्थासमेत विशेष उत्साहजनक रहेन। भारत ६ स्थान झर्दै १४२औं स्थानमा पुगेको छ। माल्दिभ्स अघिल्लो स्थानमै रहे पनि अंकमा कमी आएको छ।
भुटान ३, श्रीलङ्का र पाकिस्तान भने एक–एक स्थान तल झरेका छन्। साफ क्षेत्रका सातै टोलीको प्रदर्शन हेर्दा बंगलादेश मात्र अंक र स्थान दुवैमा सुधार ल्याउन सफल भएको देखिन्छ।








-1763515978900.webp&w=3840&q=75)



-1763569877271.jpg&w=3840&q=75)


