काठमाडौं । बागमती प्रदेश पर्वतीय खेलकुद महासंघले प्रदेशको वार्षिक कार्ययोजना पारित गरेको छ ।
महासंघको मंगलबार बसेको कार्यसमिति बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो ।
अनलाईन एप जुमबाट बसेको बैठकले गत वर्ष भएका कामको समिक्षा गर्दै आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै सरकारले जारी गरेको नयाँ खेलकुद ऐन अनुसार महासंघको नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ को रुपमा लैजाने निर्णय समेत गरेको छ ।
बैठकले पर्यटकीय, शाहसिक तथा परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने, खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रमा बागम्ती प्रदेश तहका सरकारी, गैरसरकारी संघसंस्था र निकायहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ ।
प्रदेश महासंघको कार्यालय हेटौडामा राख्ने र निकट भविष्यमै आवश्यक सांगठनिक संरचनाहरुको सुधार तथा निर्माण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा प्रदेश सभा सदस्य रिना गुरुङले पर्यटकीय खेलकुद सम्बन्धि आवश्यक नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चितवन शाहसिक तथा पर्यटकीय खेलकुदको हब बन्न सक्ने धारणा राखेका थिए ।
यस्तै महासंघका अध्यक्ष तथा राखेपका नवनियुक्त सदस्य गोविन्द भट्टराईले हालै जारी भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिने बिश्वास व्यक्त गर्दै नयाँ खेलकुद विकास ऐन, राष्ट्रिय खेलकुद परिषद तथा महासंघको सम्भावित गन्तब्यको बारेमा प्रस्ट पारेका थिए ।
बैठकमा महासंघका महासचिव संजिव पाण्डे तथा कोषाध्यक्ष मेघ राज पौडेलले नेपालमा खेल पर्यटनमा महासंघको भूमिकाबारे धारणा राखेका थिए ।