सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)

शनिबार, २० भाद्र २०७७खेलपाटी संवाददाता
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
Loading ad...
mustang rice ad

एजेन्सी । अन्तत मेस्सी बार्सिलोनामै बस्न राजी भए । समकालिन फुटबल ईतिहासकै महान खेलाडीको रुपमा लिईने लियोनल मेस्सीको भविष्यलाई लिएर पछिल्ला दुई हप्ता अन्तराष्ट्रिय खेलकुद तरंगित बन्यो ।

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसंग ८–२ ले बार्सिलोना पराजित बनेपछि मेस्सीले क्लब छाड्न चाहेको समाचार बाहिरिएको थियो । मेस्सी फ्याक्समार्फतनै क्लबलाई पत्र लेख्दै आफुलाई रिलिज गरिदिन अनुरोध गरेका थिए ।

तर सम्झौताको बुँदालाई लिएर अर्जेन्टिनी फरवार्ड र क्लबको बोर्डबीच विवाद देखा पर्यो । मेस्सीले सम्झौतामा उल्लेख भए अनुसार आफुलाई निशुल्क रिलिज गरिदिन अनुरोध गरे । क्लबले मेस्सीलाई निशुल्क छाड्न सकिने सम्झौताको शर्त गत जुनमै सकिएको उल्लेख गर्दै अर्जेन्टिनी फरवार्डलाई लैजान ७ सय मिलियन युरो तिर्नुपर्ने दाबी गर्यो ।

मेस्सी र उनको एजेन्ट समेत रहेका पिताले क्लब र बार्सिलोनाका अध्यक्षसंग भेट गरि अनावश्यक विवाद नझिक्न पटक पटक अनुरोध गरे । तर ला लिगा र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउ अडानबाट टसमस भएनन् । विवादको निरुपण अदालतबाट मात्र समाधान हुने अवस्था देखा पर्यो । क्लब छाड्न चाहेका मेस्सी क्लबबिरुद्ध अदालत जान भने मानेनन् । बार्सिलोनामा चित्त नबुझेपनि मेस्सी थप एक बर्ष बार्सिलोनमै बस्न तयार भए ।

जब मेस्सी बार्सिलोनामै बस्ने समाचार फुटबल सम्बन्धि अनलाईन गोल डटकमले प्रकाशित गर्यो । विश्व फुटबल पुन एक पटक तरंगित बन्यो । मेस्सी बार्सिलोनामै बस्ने भएपछि उनको बिषयलाई लिएर पछिल्ला दुई हप्तादेखि चलेका अनेकन आँकलनले फेल खाए ।

अन्तरवार्तामा मेस्सीले क्लब छाड्न चाहनुको कारण, बार्सिलोनामा भोग्नु परेका समस्याका बिषयमा खुलस्त कुराकानी गरेका छन् । जसलाई हामीले नेपाली अनुवाद गरेका छौ ।

My love for Barcelona will never change' - Messi underlines commitment to  Catalans after reversing exit desire | Goal.com

  •  तपाईंलाई सार्वजनिक रुपमा बोल्न किन समय लाग्यो ?

मेस्सी : लिस्बनमा पराजित भएपछिको अवस्था निकै कठिन थियो । बायर्न म्युनिखसंगको खेल हामीलाई गाह्रो हुन्छ भन्ने थाहा थियो । तर त्यो स्तरको कमजोर प्रदर्शन गर्छौ भन्ने लागेको थिएन । यसले सहर र क्लबलाई नै लज्जित गरायो ।

त्यो निकै लज्जास्पद प्रदर्शन थियो । त्यो हारपछि मलाई केही गर्नै मन थिएन । सबै कुरा स्पष्ट राख्न मलाई केही समय चाहिएको थियो ।

  •  तपाईले किन बार्सिलोना छाड्न चाहेको बताउनु भयो ?

मेस्सी : मैले क्लब, क्लबका अध्यक्षलाई पनि क्लब छाड्न चाहेको बताएको थिए । मैले क्लब छाड्न चाहेको कुरा यो वर्षको सुरुवात देखिनै भनेको थिए ।

मलाई लाग्छ क्लबलाई धेरै भन्दा धेरै युवा खेलाडीको आवश्यकता छ । यहाँ मेरो समय सकिए जस्तो सोच्थे । मलाई दुःख लाग्छ, मैले यहीबाट सन्यास लिन्छु भनेको थिए ।

तर अवस्था राम्रो थिएन ।

मैदान, खेल र अभ्यासमा मैले धेरै दुःख भोगे । सबै कुरा मेरा लागि कठिन बन्दै थियो । यसले गर्दा मैले नयाँ लक्ष्यहरु लिनुपर्छ जस्तो लाग्यो ।

यो सोच बायर्न म्युनिखसंगको हारपछि आएको होइन । मैले यसबारे धेरै पहिलादेखि सोचिरहेको थिए । मैले यसबारे अध्यक्षलाई भन्दा सिजनको अन्त्यपछि मैले क्लब छाड्न सक्ने बताउँथे । तर उनले आफ्नो बोलीको बाचा पुरा गर्न सकेनन् ।

  •  तपाईले बार्सिलोनामा एक्लो महसुस गर्नुभएको हो ?

मेस्सी : होइन, मैले यहाँ एक्लो महसुस गरेको छैन । यहाँ मेरा आफन्त छन्, उनीहरु सधैं मसँग नजिक छन् । उनीहरुको साथ मेरा लागि पर्याप्त छ र यसले मलाई हौसला दिन्छ ।

तर क्लबप्रतिको मेरो माया र प्रतिवद्धतामाथि यहाँका मानिस, पत्रकारले उठाएका प्रश्नले मलाई दुखी बनायो । मलाई लाग्छ, उनीहरुले मलाई लगाएका ती आक्षेपहरु मेरा लागि सुहाउँदैन् ।

फुटबलको दुनियाँ कठिनाईले भरिएको छ । यहाँ गलत प्रवृत्तिका मानिसहरु पनि छन् । अहिले जे भयो, यसले त्यस्ता गलत मानिस चिन्न सहयोग ग¥यो । क्लबप्रतिको मेरो मायाबारे गरिएको प्रश्न मेरो लागि सह्य थिएन । म यहाँ बसे पनि नबसेपनि बार्सिलोना प्रतिको मेरो माया कहिल्यै परिवर्तन हुँदैन ।

  •  तपाईका साथी, पैसा सबैको बारे कुरा गरिन्छ । बार्सिलोनामा २० वर्ष बसेपछि तपाईलाई सबैभन्दा दुखी कुन कुराले गरायो ?

मेस्सी : मेरा साथी, पैसा सबैको बारेमा जे हल्ला गरिएको छ, त्यसले मलाई ठेस पुगेको छ । मैले सधै सबैभन्दा क्लबलाई अगाडी राखेको छु । मैले धेरैपटक बार्सिलोना छाड्ने सम्भावना थियो । जुनसुकै वर्ष पनि मैले क्लब छाडेर यहाँ भन्दा धेरै कमाउने गरि नयाँ क्लब जान सक्थे । तर मैले त्यस्तो गरिन, किनकी बार्सिलोना मेरो घर हो ।

यहाँ भन्दा अरु ठाउँमा के राम्रो छ भनेर निर्णय गर्नु मेरो लागि कठिन थियो । तर मलाई नयाँ चुनौती अंगाल्न सक्नुपर्छ जस्तो लाग्दथ्यो ।

Lionel Messi says he won't leave Barcelona, reveals reason in interview |  The News Minute

  •  २० वर्षपछि आफ्नो घर, शहर, परिवार छाड्नु कठिन भएर तपाई बार्सिलोनामै बस्नु भएको हो ?

मेस्सी : मलाई निर्णय लिन निकै गा¥हो भयो । यहीबाट सन्यास लिनेछु भनेर मैले सधैं भन्ने गर्दथे । मलाई सधै क्लबका लागि उपाधी जित्न मन छ, उपाधि जित्ने परियोजना चाहिएको थियो ।

सत्य के हो भने, बार्सिलोनामा अब जित्ने परियोजनानै छैन । क्लबका पदाधिकारीहरु आफ्नो गल्ती ढाकछोप मात्र गर्न चाहन्छन् । मैले भनिसके, मैले क्लब र मेरो परिवारको हितका लागि नै क्लब छाड्न चाहन्थे ।

  •  क्लब छाड्न चाहेको कुरा भन्दा परिवारको प्रतिक्रिया कस्तो थियो ?

मेस्सी : मैले क्लब छाड्न चाहेको कुरा परिवारमा सुनाए पछिको अवस्था निकै भावनात्मक थियो । परिवारका सबै सदस्य रोएका थिए । उनीहरु यो सहर छाड्न चाहदैनथे । छोराहरु आफ्नो विद्यालय छाड्न चाहन्नथे ।

मैले टाढाका सोचँ राखेको थिए । म उच्च प्रतियोगिता चाहन्थे । उपाधी जित्न र सबैभन्दा महत्वपूर्ण च्याम्पियन्स लिग जित्न चाहन्थे । यसमा हार, जित त हुन्छ तर कडा प्रतिस्पर्धा भने दिनै पर्छ । रोम, लिभरपुल, लिस्बनमा जस्तै कमजोर प्रस्तुत हुनुहुदैन ।

मैले भनिसकें म क्लब छाड्न चाहन्थे । जतिबेला चाहेपनि छाड्न सक्ने कुरा अध्यक्ष स्वयमले भनेका थिए । तर अहिले अध्यक्षले जुन १० अगाडीनै भन्नुपर्दथ्यो भन्दै छन् । त्यसबेला हामी ला लिगामा प्रतिस्पर्धा गर्दै थियौ ।

कुनै पनि क्लबलाई मेरो रिलिज क्लज तिर्नु असम्भव छ । ७ सय मिलियन तिरेर मात्र क्लब छाड्न सक्ने अध्यक्षको अडान थियो । म क्लबमै बस्नुको कारण यहि हो ।

मसँग अदालत जान सक्ने अर्को तरिका थियो । तर म कहिल्यै पनि बार्सिलोनाको विरुद्ध अदालत जान सक्दिन । यो क्लबलाई म माया गर्छु, सम्मान गर्छु । क्लबले मलाई सबैकुरा दिएको छु र मैले पनि फिर्ता दिएको छु ।

  •  क्लब प्रतिको तपाईंको प्रतिवद्धतामा प्रश्न उठ्दा दुख लाग्यो ?

मेस्सी : यसले मलाई पक्कै दुख लाग्यो । मेरो बारे गलत प्रचार गरिए । उनीहरुले म क्लबलाई अदालतसम्म लैजान सक्छु भन्ने सोच्नु नै दुखदायी छ । म कहिल्यै त्यस्तो गर्न सक्दिँन । म क्लब छाड्न चाहन्थे किनकी म मेरो अन्तिम वर्षहरु सुखदायी रुपमा बिताउन चाहन्थे । विगत केही समयदेखि मैले यस क्लबमा सुख भोगेको छैन ।


  •  तपाईं अझै क्लबको नेतृत्व सम्हाल्नु हुनेछ । अब बार्सिलोनामा केही परिवर्तन त आवश्यक होला नि ?

मेस्सी : म बार्सिलोनालाई नै निरन्तरता दिनेछु । मैले क्लब छाड्न चाहेको भएपनि मैदानमा मेरो सिद्धान्त परिवर्तन हुने छैन । म मेरो उत्कृष्ट प्रदर्शन दिनेछु ।

म सधैं जित्न चाहन्छु । म प्रतिस्पर्धात्मक छु, केही हार्न चाहन्न । मैले सधैं क्लब, ड्रेसिङ रुम र स्वयमका लागि राम्रो चाहेको छु । मैले सधैं च्याम्पियन्स लिग जित्न साथ पाएन भन्ने गर्दथे । अहिले मलाई थाहा छैन के हुन्छ । नयाँ प्रशिक्षक र नयाँ विचार छन्, हेरौ के हुन्छ । म के मात्र भन्न सक्छु भने म क्लबका लागि सकेजती गर्नेछु ।

Bartomeu Did Not Keep to His Word " - Messi, As He Agrees to Stay (Full  Interview With Goal.com) - Opera News

  •  तपाईले क्लब छाड्नुहुन्छ भनेर हल्ला गर्ने धेरै थिए, त्यस्ता हल्ला सुन्दा तपाईले सुरुमा के सोच्नु भयो ?

मेस्सी : म क्लबप्रति सदैव सम्मान गर्छु । क्लब छाड्छु भनेर मैले नभन्दै अरुले हल्ला गरेको देख्दा आघात पुग्यो । मैले बार्सिलोनालाई माया गर्छु, यो भन्दा राम्रो ठाउँ पाउनै सक्दिन । अहिले क्लब छाडेर गएपनि, पछि म यही फर्कन सक्थे ।

मेरा छोराहरु, मेरो परिवार सबै यही हुर्कियौ । क्लब छाड्न चाहनुमा कुनै गलत थिएन । यो मेरो लागि, क्लबका लागि र सबैका लागि सकारात्मक थियो ।

  •  यसले तपाईको परिवारलाई कस्तो प्रभाव पार्यो ?

मेस्सी : यो सबैका लागि गाह्रो समय थियो । मेरी श्रीमतीले मनमा दुख भएपनि मलाई साथ दिइन् ।

परिवारका महत्वपूर्ण सदस्य माटियो हुन नि ।

(हाँस्दै) माटियो अझै साना छन् । उनलाई ठाउँ छाडेर नयाँ ठाउँमा आफ्नो जीवन बसाल्नुले कस्तो प्रभाव पर्छ थाहा छैन । थिएगोले बुझ्दछन् । उनले समाचार देखेर थाहा पाएछन् । उनलाई केही थाहा नहोस् भन्ने चाहन्थें । उनले थाहा पाएपछि रुँदै कतै नजाऔँ भनेका थिए । यो अवस्था निकै गाह्रो थियो । तर मैले यो बुझ्नु पर्दथ्यो । मैले पनि यहि अवस्था भोगेको थिए र मलाई थाहा छ, निर्णय लिन निकै कठिन हुन्छ ।

Messi to stay with Barcelona: 10 quotes from explosive interview - AS.com

  •  बार्सिलोनाका समर्थकलाई केही सन्देश ?

मेस्सी : सधै झै म यस वर्ष पनि आफ्नो सकेजति उत्कृष्ट प्रदर्शन दिनेछु । लक्ष्य हासिल गर्न खटिने छु । मैले यो सिजन कठिनाई पूर्ण बिताउनु प¥यो । तर कोरोनाका कारण आफन्त गुमाएकाको अगाडी मेरो कठिनाई केही होइन । मलाई आशा छ, मैले आफ्नो उत्कृष्ट प्रदर्शन दिएर उपाधी जित्ने छौं । ती जित म कोरोनाका कारण आफन्त गुमाएकालाई समर्पण गर्नेछु ।

  •  तपाईले जानकारी दिन फ्याक्स नै किन गर्नुप¥यो ?

मेस्सी : मैले यसलाई आधिकारिक गराउनका लागि नै फ्याक्स गरेको हु । मैले एक वर्षदेखि नै क्लब छाड्न चाहेको अध्यक्षलाई जानकारी दिएको थिए । उनले पछि कुरा गरौला भन्दै टारिदिए ।

मैले फ्याक्स गरेर कुनै झन्झट बढाउन चाहेको थिइन । म यसलाई आधिकारिक गराउन चाहन्थें । म मेरो निर्णय सबैलाई आधिकारिक रुपमै जानकारी गराउन चाहन्थें ।

  •  तपाईले फ्याक्स नगरेको भए तपाईको कुरा सुनिदैनथ्यो भन्ने पो लागेको थियो कि ?

मेस्सी : एकदमै । मैले यदि फ्याक्स नगरेको भए उनीहरुलाई केही नभए झै लाग्न सक्दथ्यो । मेरो सम्झौतामा एक वर्षे ऐच्छिक अवधि थियो, जुनलाई म पूरा गर्नुपर्दथ्यो ।

तर त्यो उपाय अपनाउन जुन १० अघिनै भन्नु पर्दथ्यो भन्ने कुरा अहिले बोर्डले उठाईरहेको छ । त्यति बेला हामी प्रतिस्पर्धानै गर्दै थियौं । अध्यक्षलाई मैले धेरैपटक भन्दा पनि नसुनेपछि यसलाई आधिकारिक गराउननै मैले फ्याक्सको बाटो प्रयोग गर्नुप¥यो किनकी म क्लबसँग कुनै द्वन्द्व चाहन्न ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी