आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियाडको दावेदार कतारद्धारा लोगो र नारा सार्वजनिक

शुक्रबार, १९ भाद्र २०७७खेलपाटी संवाददाता
एसियाडको दावेदार कतारद्धारा लोगो र नारा सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता आयोजनामा दावी पेश गरेको कतारले खेलको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरेकाे कतारले २०३० को २१ औं एसियाली खेलकुद प्रतियाेगिता राजधानी शहर दोहाले गर्ने दावी यसअघि नै गरिसकेको छ ।

दोहा २०३० आयोजक शहरको दावी कमिटीले त्यसको लोगो र नाराको अनावरण गरेको छ ।

कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिसँगै भर्चुअलरुममा आधिकारिक लोगो र नारा सार्वजनिक गरेका हुन् ।

एसियाली खेलकुदको नारा ’योर गेट वे’ राखिएको छ । लोगोले भने कतारको परम्परा, आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ।

कतारले पछिल्लो १५ वर्षमा विश्वका ठूला खेल प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । यसअघि दोहाले सन् २००६ मा १५ औं संस्करणको एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यसयता कतारमा एथलेटिक्स, ह्यान्डबल, जिम्न्यास्टिक्स जस्ता विश्व च्याम्पियनसिपको आयोजना भइसकेको छ ।

गत वर्ष आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ । विश्वकप फुटबलका निम्ति ठूला खेल पुर्वाधार निर्माण लगभग सम्पन्न गरिसकेको छ । कतारमा खेलकुद आयोजना गर्न अत्याधुनिक संरचनाहरु तयारी अवस्थामा छ ।

दावेदार आयोजकका प्रमुख कार्यकारी अधिकृत तथा कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अल ब्युनेनले भने, 'हामीसंग विश्वस्तरको खेल पूर्वाधार तयार छ । र हामीलाई विश्वास छ, एसियाली ओलम्पिक कमिटीका सदस्य तयार भएका खेल पूर्वाधारबाट प्रभावित हुनेछन् । फेरी हामीले विश्व स्तरिय प्रतियोगिताको आयोजना गरेर सफल आयोजकको उदाहरण पेश गर्दै आएका छौ।'

दोहाका साथै साउदी अरेवियाको रियाद शहरले पनि एसियाली खेलकुद २०३० को आयोजनाको दावी गरेको छ । अब ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको नोभेम्बर ३० मा बस्ने साधारण सभाले आयोजक राष्ट्र छान्नेछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा