काठमाडौं । पर्वतीय खेलकुद महासंघ नेपालको केन्द्रिय कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
महासंघले एक विज्ञप्ति निकाल्दै भिडियो कन्फरेन्सको माध्यमबाट बसेको बैठकले विविध निर्णय गरिएको जनाएको छ ।
बैठकले चालु आ.व. का प्रस्तावित कार्ययोजनाको चुनौतिहरुको समिक्षा, आर्थिक प्रतिबेदन र नवीकरण लगायतका कार्यका जिम्मेवारी तथा सदस्य संघहरुको विकास सम्बन्धि प्रस्ताव पारित गरेको महासंघले जनाएको छ ।
त्यस्तै, विश्व पर्यटन दिवसको उपलक्ष्यमा यहिँ २६ सेप्टेम्बरमा 'दिगो पर्यटनका लागि खेलकुद विषयक अन्तराष्ट्रिय वेबिनार' को आयोजना गर्ने, योजना आयोग र यूवा तथा खेलकुद मन्त्रालयसंग खेलकुद र पर्यटन तथा खेलकुद र दिगो विकास लक्ष्यसंग सम्बन्धित वर्कशप अन्तरक्रिया आयोजना गर्ने तथा बागमती प्रदेश खेलकुद परिषद संगको सहकार्यमा पर्यटकीय र शाहसिक खेलकुद सम्बन्धि अध्ययन प्रतिबेदन तयार गर्ने निर्णय गरिएको महासंघले जनाएको छ ।
बैठकले परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने र खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रका सरकारी, गैरसरकारी संघसंस्था÷निकायहरुसंग सहकार्यको प्रस्ताव तयार गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि महासंघको कार्यालय अन्तराष्ट्रिय खेलकुद परिसर हाताको पुरानै स्थानमा संचालन गर्ने, प्रादेशिक महासंघको कार्य अगाडी बढाउने र त्यसको लागि महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिईएको छ ।
साथै, सम्बन्धित केहि राष्ट्रिय÷अन्तराष्ट्रिय महासंघ÷अभियानमा आवद्ध हुने, दिगो पर्यटन र विकासका लागि खेलकुद भन्ने थिममा प्रदेश र स्थानीय सरकार तथा सरोकारवालासंग सम्पर्क, सम्बन्ध र सहकार्य अगाडी बढाउने निर्णय गरिएको छ ।
महासंघले परमपरागत, शाहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई समेत समेटी केहि समय अगाडी जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिएको समेत जनाएको छ ।