एजेन्सी । इङ्ल्याण्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल आज (मंगलबार) हुदैछ ।
इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले म्यान्चेष्टरमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल्न लागेको हो ।
इङ्ल्याण्ड पाहुना टोली पाकिस्तानबिरुद्ध लगातार छैटौं सिरिज जित्ने कोशिश गर्नेछ । कप्तान इयान मोर्गान र डेभिड मलान प्रेरित इङ्ल्याण्डले दोस्रो टी–ट्वान्टीमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।
मोर्गानले ६६ र मलानले ५४ रन बनाउँदै तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका थिए ।
इङ्ल्याण्डले दोस्रो टी–ट्वान्टीमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
पाकिस्तानका मोहम्मद हाफिजले ६९ र बाबर आजमले ५६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । पहिलो खेल बर्षाले प्रभावित बनेको थियो ।
तीन म्याचको टी–ट्वान्टी सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अघि छ ।
अन्तिम खेलमा जित निकाल्दै इङ्ल्याण्ड सिरिज कब्जा गर्ने दाउमा हुनेछ । पाकिस्तान सुखद नतिजा सहित सिरिज बराबरी गर्ने लक्ष्यमा हुनेछ ।
सन् २०१८ मा भारतसंग सिरिज २–१ ले गुमाएपछि इङ्ल्याण्डले टी–ट्वान्टी सिरिज गुमाएका छैन ।
पाकिस्तानी बलरले घरेलु टोलीका ब्याट्सम्यानमाथि दबाब बनाउन सकेका छैनन् । इङ्ल्याण्डका कप्तान मोर्गान उत्कृष्ट फर्ममा देखिएका छन् ।