एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सका बुबालाई ब्रेन क्यान्सर भएको छ ।
गत जनवरीबाट बिरामी रहेका ६४ वर्षीय जेड स्टोक्सलाई ब्रेन क्यान्सर पत्ता लागेको हो ।
बुबालाई क्यान्सर भएको पत्ता लागेपछि विश्वकप विजेता स्टोक्स पाकिस्तानसँगको टेस सिरिज छाडेर न्युजिल्याण्ड गएका थिए ।
पाकिस्तानसँगको पहिलो टेस्ट खेलेका स्टोक्सले दुई खेल गुमाएका थिए ।
यस अघि जेड स्टोक्सले डिसेम्बरमा दक्षिण अफ्रिकाको एक अस्पतालमा पाँच हप्ता बिताएका थिए ।
जतिबेला स्टोक्स इंग्ल्यान्डको टिमबाट दक्षिण अफ्रिकासँग टेस्ट सिरिज खेलिरहेको थियो ।
स्टोक्सका बुबा रग्बीका पूर्व प्रशिक्षक र खेलाडी समेत हुन् ।
न्युजिल्याण्डमा जन्मिएका स्टोक्स इंग्ल्यान्डका नागरिक भईसकेका छन् ।