काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिमा कुलबहादुर थापा मनोनित भएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार थापालाई कार्यकारी समितिको सचिवमा मनोनित गरिएको हो ।
खेलकुद विकास ऐनमा राखेपको प्रशासन विभाग प्रमुख कार्यकारी समितिको सचिव रहने व्यवस्था छ ।
सोही अनुसार थापालाई कार्यकारी समितिमा मनोनित गरिएको हो ।
राखेप रमेशकुमार सिलवालले बुधबार थापालाई कार्यकारी समितिमा मनोनित गरेको पत्र हस्तान्तरण गरेका थिए ।
खेलकुद ऐनले परिषद् सञ्चालनको अधिकार कार्यकारी समितिलाई प्रदान गरेको छ । समितिमा ७ जना सदस्य रहने व्यवस्था छ ।
सदस्य सचिव संयोजक रहने समितिमा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख र राखेपका प्रशासन महाशाखा प्रमुख पदेन सदस्य रहनेछन् । राखेपका प्रशासन महाशाखा प्रमुख समितिको सचिव रहने व्यवस्था ऐनले गरेको छ ।
बाँकी चार सदस्यमा अध्यक्षको रुपमा खेलकुद मन्त्रीले एक महिला सहित दुई जना र परिषद्ले बोर्डका सदस्य मध्य एक महिला सहित दुई जनालाई कार्यकारी समितिमा मनोनित गर्नेछ ।
कार्यकारी समितिले परिषद्को बार्षिक योजना बनाउनेदेखि कार्यक्रम तथा बजेट तर्जुमा र खेलकुद तालिका तयार गर्ने लगायतका काम गर्नेछ ।