काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले केन्द्रिय कार्यालय थप एक साता बन्द गर्ने भएको छ ।
कोरोना संक्रमण फैलिएसंगै एन्फाले साउन २८ गते सार्वजनीक सुचना जारी गर्दै एक हप्ता केन्द्रिय हेडक्वार्टर बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले बिहिबारदेखि लागू गर्न लागेको निषेधाज्ञालाई ध्यानमा राखेर एन्फाले थप एक साता केन्द्रिय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
एन्फाका एक पदाधिकारीका अनुसार केन्द्रिय कार्यालय थप एक साता बन्द रहनेछ ।
कार्यालय खुलेसंगै विभिन्न कामले मानिसको भिड लाग्ने भएकाले केन्द्रिय कार्यालय थप एक साता बन्द गर्न लागिएको हो ।
कोरोनाको संक्रमण फैलन थालेसंगै घरेलु खेलकुदका सम्पूर्ण गतिविधि, प्रतियोगिता तथा प्रशासनीक काम बन्द भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समेत अतिआवश्यक काम बाहेकका सम्पूर्ण प्रशासनीयक गतिविधि बन्द राख्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल ओलम्पिक कमिटि लगायत विभिन्न खेलकुद संघका दैनिक गतिविधि सहित प्रशासनीक काम अनिश्चित समयका लागि स्थगित अवस्थामा छ ।