काठमाडौं । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय एक साताका लागि बन्द गरिएको छ ।
संघले बुधबार एक विज्ञप्ति निकाल्दै केन्द्रिय कार्यालय भदौ १० गतेसम्म बन्द रहने जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको कारण कार्यालय बन्द गरिएको संघले जनाएको छ ।
सरकारले मंगलबार उपत्यकाका तीन जिल्लामा बुधबार रातिबाट भदौ १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
तर, संघले सचिवालयबाट प्राप्त हुने सेवाहरु इमेलको सहायताबाट उपलब्ध हुने जनाएको छ ।
यस अघि संघले आफ्नो सचिवालय जोड बिजोड मिति अनुसार खोल्दै आएको थियो ।
सोमबार मात्र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको राखेपले जनाएको थियो ।