काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताकाे शपथ लिएका छन् ।
राष्ट्रिय खेलकुद परिषदमा सोमबार बोर्डका ६ सदस्यले शपथ लिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्माले उनीहरुलाई शपथ खुवाएका छन् ।
शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।
मन्त्रिपरिषदबाट मनोनय भएको लामो समयपछि बोर्ड सदस्यहरुले शपथ लिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले गत साउन १५ गते उनीहरुलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गर्ने निर्णय गरेका थिए ।
शपथ कार्यक्रमपछि बोल्दै मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने बताए । बाँकी सदस्य मनोनयनका लागि गृहकार्य भईरहेको समेत विश्वकर्माले बताए ।
नयाँ खेलकुद विकास ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ ।