धनगढी । सुबाश शाहीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको तदर्थ समितिलाई पुनर्गठन गठन गरिएको छ ।
संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।
पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् ।
महासचिवमा पदम बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र सचिबमा श्रीराम चौधरी रहेका छन् ।
यस्तै सदस्यमा जेपी चन्द, सुबास पडाल, रमेश कुमाल, लोग बहादुर बुढा, कमल कार्की, धन्नन्जय रिमाल, दिल देउबा, कमल पनेरु र महेश खत्री रहेका छन् ।
कार्यक्रममा धनगढी उप-महानगरपालिकाका खेलकुद संयोजक दिपक थापा, धनगढी उप-महानगरपालिका वडा ८ का वडाध्यक्ष नारायण बराल, कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश कुमार चन्द लगायतको उपस्थिति रहेको थियो ।