काठमाडौं । एशियन गेम्सका कीर्तिमानधारी एथ्लेटिक्स खेलाडी सोमबहादुर कुमाललाई ५० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । एनओसी २०२० म्याराथन नेपालले एशियाडका कीर्तिमानधारी खेलाडी कुमाललाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
इन्डोनेशियामा जारी १८ औ एशियन गेम्समा कुमालले उत्कृष्ट प्रर्दशन गरेको भन्दै म्याराथन नेपालले पुरस्कार राशीको घोषणा गरेको हो । कुमालले ८ सय मिटर स्पर्धामा १ मिनेट ५० दशमलव २५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
म्याराथन नेपालका अध्यक्ष रघु वन्तले नेपाली खेलाडीले उचित प्रशिक्षण पाएको खण्डमा अन्तराष्ट्रिय एरिनामा उत्कृष्ट प्रर्दशन गर्छ भन्ने प्रमाणित भएको बताए ।
‘कुमालले जस्तो प्रर्दशन ग¥यो । त्यो हाम्रो अपेक्षा भन्दा भन्दापनि उम्दा हो । त्यसैले उसको हौसलाकालागि हामीले सानो पुरस्कार रकमको घोषणा गरेका हौ ।’ उनले भने ।