काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत एथलेटिक्समा नेपालकी धाविका सरस्वती भट्टराईले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् ।
सोमबार भएको ८ सय मिटर दौडमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । हिट चरण पुरा गर्न नसकेपनि सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी हुन् ।
सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकेण्डमा पुरा गरिन् । तर, ७ खेलाडी रहेको तेस्रो हिटमा सरस्वती छैटौं स्थानमा रहिन ।
अब सरस्वतीले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।