काठमाडौं । महिला भलिबल खेलाडी आरती सुवेदी नगदसहित सम्मानित भएकी छिन् ।
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहिसकेकी आरतीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
आरती नेपालको १३ औं साग खेल्ने महिला टिमको बन्द प्रशिक्षणमा रहेकी थिइन् । उनको अन्तिम १८ बाट टिम बाहिर रहेकी थिइन् ।
स्पाइकर आरतीलाई नगद २२ हजार ५ सय रुपैयाँसहित महानगरले सम्मान गरेको हो ।
महानगरले छैटौं नगरसभाको अवसरमा आरतीसहित अन्य नगरवासी खेलाडीलाई सम्मान गरेको हो ।
गत मंसिरमा घरेलु भूमिमा सम्पन्न १३ औं सागमा नेपालको महिला टिमले रजत जितेको थियो ।