खेलपाटी तेस्रो वर्षमा प्रवेश गरेको छ । कखरा पब्लिकेशन प्रालीले २०७५ साल जेठ २८ गते खेलपाटी डट कम सञ्चालनमा ल्याएको थियो । दोस्रो बार्षिकोत्सवका अवसरमा आम पाठक, दर्शक, लेखक, समाचारको स्रोत, बिज्ञापनदाता, शुभेच्छुक, सहयोगीप्रति बिशेष आभार प्रकट गर्न चाहन्छौ । तपाईको सद्भाव र सहयोगले खेलपाटी नेपाली खेलकुद क्षेत्रको अग्रणी संञ्चार संस्था बन्न सफल भएको छ ।
खेलकुद क्षेत्रका समाचार, विचार, बिश्लेषण सहितका सामाग्रीलाई हामीले प्राथमिकताका साथ राख्दै आईरहेका छौ । हामी शब्द, अडियो र भिडियोको माध्यमबाट हाम्रा पाठक र दर्शकसामु पुग्दै आएका छौ । खेलकुद क्षेत्रका विकृति, बिसंगति र गतिविधिलाई जस्ताको त्यस्तै बाहिर ल्याउने हाम्रो प्रयास निरन्तर जारीनै रहनेछ । आगामी बर्षमा श्रब्य, दृष्य माध्यमलाई अझ परिस्कृत बनाएर आम पाठक माझ राख्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ ।
विश्व मञ्चमा उद्योगको रुपमा विकास भएको खेलकुद क्षेत्र नेपालमा भने बामे सर्दैछ । अनेकन प्रलिकुलताका बाबजुत खेलकुद क्षेत्र व्यवसायीकरणको बाटोतर्फ अग्रसर छ । बेतिथीमात्र प्रश्न र खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रको गौरव बढाउने अभियानको हामी सधै सारथी बन्ने छौ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस)ले सम्पुर्ण विश्व जगत प्रभावित छ । कोरोनाले अझ बढी खेलकुद क्षेत्रलाई असर गरेका छ । खेलाडी थुनिएका छन्, प्रतियोगिताहरु रद्ध छन्, कति अनिश्चित छन् । सिंगो मानवजातिका लागि चुनौती बनेको कोरोनाबिरुद्धको अभियानमा हामी सबैलाई जित प्राप्त हुन सकोस भन्ने कामना गर्दछौ । महामारीको प्रतिकुलताका बाबजुत खेलकुदलाई लकडाउनबाट सुरक्षित तरिकाले बाहिर निकाल्ने समय भईसकेको छ । यसमा सरकार सहित खेलकुद नेतृत्वको ध्यान जाओस ।
अन्तिममा खेलकुद पत्रकारितालाई अझ परिस्कृत र जिम्मेवार बनाउने प्रतिबद्धता सहित खेलकुद क्षेत्रको अग्रणी संस्थाको रुपमा विकास गर्दै जाने हाम्रो अभियान जारी छ । यसरीनै तपाईहरुको साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछौ ।
हिम बिक्रम केसी
अध्यक्ष
कखरा पब्लिकेशन प्राली