काठमाडौं । नेपाल भलिबल संघले कोरोना भाईरसविरुद्ध लडिरहेका चिकित्सकहरुलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
संघले मंगलबार सहयोग स्वरूप नेपाल चिकित्सक संघलाई एक हजार थान केएन ९५ मास्क र अनुहार छेक्ने फेस सिल्ड प्रदान गरेको हो ।
कोरोनाविरुद्धको अभियानमा सहयोग पुर्याउने उदेश्यले संघले उक्त सहयोग प्रदान गरेको हो । संघले पदाधिकारी र विभिन्न व्यक्तिहरुको सहयोगमा १ लाख ५० हजार बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको हो ।
भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल लगायतले चिकित्सक संघका अध्यक्ष लोकेश केसीलाई स्वास्थ्य उपकरण प्रदान गरेका थिए ।
भलिबल संघले प्रदान गरेको मास्क र फेस सिल्ड अभाव भएको स्थानमा वितरण गरिने चिकित्सक संघले जनाएको छ ।