काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई अविलम्ब निलम्बन गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबारको संसद बैठकमा बिशेष समय लिएर बोल्दै सांसद यादवले मधेशीलाई राष्ट्रियता सिकाउने एन्फा अध्यक्षलाई अविलम्ब निलम्बन गरि कारबाही गर्न माग गरेका हुन् ।
उनले एन्फा अध्यक्ष शेर्पाले मधेशीलाई होच्याउने र सेनालाई समेत मुछ्ने काम गरेको आरोप लगाए ।
‘ठुलो पदमा बसेका मधेशीलाई हेप्ने, होच्याउने कुरा कसेको ताकतमा बोल्नुभएको छ । सेना पवित्र संस्था हो । सेनालाई मुछ्ने काम भएको छ । उनलाई अविलम्ब निलम्बन गर्नपर्छ । कानुनी कारबाही गर्न पर्छ ।’ यादवले संसद बैठकमा बोलेका छन् ।
सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले खेलकुद मन्त्रीलाई प्रभावित बनाउन १७ करोड दिएको आरोप समेत लगाए ।
यसअघिको संसद बैठकमा समेत शेर्पाको विवादास्पदक अभिब्यक्तीलाई लिएर सांसदले प्रश्न उठाएका थिए ।
अध्यक्ष शेर्पाले अभिब्यक्तीलाई लिएर प्रष्टिकरण समेत दिईसकेका छन् ।
उनले तराईको राष्ट्रियताको बिषयमा आफुले कुनै गलत टिप्पणी नगरेको भन्दै कसैमा चोट पुगेमा माफी मागेका छन् ।