बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल दिवस आज, औपचारिक कार्यक्रम नहुने

बिहिबार, ०८ जेठ २०७७खेलपाटी संवाददाता
भलिबल दिवस आज, औपचारिक कार्यक्रम नहुने

एभीसी सेन्ट्रल जाेन भलिबलमा स्वर्ण बिजेता महिला भलिबल टिम । फाेटाे : खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । आज जेठ ८ गते, भलिबल दिवस ।

नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउन सुरु गरेको हो ।

तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषद्बाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो ।

सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।

यस बर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको हो ।

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल हुने व्यवस्था विधेयकमा उल्लेख गरिएका छ ।

सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिसंग प्रमाणिकरणका लागि पुग्ने प्रक्रियामा छ ।

प्रस्तावित विधेयक राष्ट्रिय खेलको बिषयमा मौन बनेपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गर्न जोड गरेका थिए । सोही अनुसार संसदीय समितिले संशोधनको क्रममा भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गरेको थियो ।

भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल संघले समेत तिव्र लबिङ गरेको थियो ।

घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ । प्रतियोगिताको संख्यात्मक वृद्धिले समेत भलिबलको लोकप्रियता र सम्भावना घरेलु खेलकुदमा उजागर गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन