शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सर्वाधिक क्याप जित्ने ३ खेलाडी

आइतबार, १४ बैशाख २०७७नमीन ढकाल
सर्वाधिक क्याप जित्ने ३ खेलाडी
mustang rice ad

काठमाडौं । ७५ सालको भदौमा बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालका पूर्व कप्तान विराज महर्जनले एक कीर्तिमान बनाएका थिए ।

विराजले बंगलादेश साफबाट देशका लागि सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

उनले पूर्व खेलाडी राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापको कीर्तिमान भङ्ग गरेका थिए ।

खेलाडी जीवन र प्रशिक्षकको रुपमा नेपाललाईतीन पटक दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक दिलाउन सफल राजुकाजीले १७ वर्षे अन्तर्राष्ट्रिय करियरमा ६८ क्याप जितेका थिए ।

विराजले ढाका साफको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध मैदान उत्रदै राजुकाजीसँग बराबरी गरेका थिए । उक्त खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भयो ।

तर, भुटानविरुद्ध दोस्रो खेलमा ४–० को जितमा विराजले कीर्तिमान बनाएका थिए । विराजले अहिलेसम्म ७२ क्याप पुरा गरिसकेका छन् ।

साफ पछि विराजले ३ खेलमात्रै खेलेका छन् । स्विडिस प्रशिक्षक जोहान कालिनको आगमनसँगै विराजले नेपालका लागि कम खेल खेलेका छन् ।

नेपालका लागि सर्वाधिक धेरै क्याप जित्ने तीन खेलाडीको चर्चा तल गरिएको छ ।

विराज महर्जन

डिफेन्डर विराजले सन् २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । पोखरामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा विराजले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

तर, गत वर्षको जेठ १९ मा मलेसियाविरुद्ध भएको मैत्रीपूर्ण खेल यता भने विराज टिम बाहिर छन् । संन्यासको संघारमा रहेका विराज सुखद् विदाईको पर्खामा छन् ।

अष्ट्रेलियाविरुद्ध खेल्दै सन्यास ...

विराज नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी हुन् । अहिलेसम्म उनले ७२ क्याप जितिसकेका छन् ।

बंगलादेशको १२ औं साफ च्याम्पियनसिपमा भुटानविरुद्ध मैदान उत्रदै उनले ६८ क्यापको कीर्तिमान ‘ब्रेक’ गरेका थिए । त्यसयता उनले ताजकिस्तान, कुवेत र मलेसियाविरुद्ध मात्रै खेलेका छन् ।

उनले गत वर्षको लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए । मछिन्द्रले सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जितेको थियो ।

विराजले थ्रीस्टार, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्रबाट लिगको उपाधि जितेका छन् ।

राजु काजी शाक्य

राष्ट्रिय टिमको प्रशिक्षक समेत रहिसकेका राजुले सन् १९८१ बाट नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । सन् १९९७ मा संन्यास लिएका उनले १७ वर्ष राष्ट्रिय टिमबाट खेलेका थिए ।

पूर्व कप्तान समेत रहेका शाक्य नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । शाक्यले ६८ क्याप जितेका छन् । उनको कीर्तिमान विराज महर्जनले तोडेका थिए ।

सिक्किममा भएको गर्भर्नस गोल्डकपबाट डेब्यु गरेका शाक्यले पहिलो साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्धको खेलसँगै सन्यास लिएका थिए ।

फ्यान क्लबले ल्याउने हो – शाक्य - Khelpati

राजुले सन् १९८४ र १९९३ को सागमा नेपाललाई स्वर्ण पटक जिताएका थिए । पछिल्लो स्वर्ण भने उनले आफ्नो कप्तानीमै भित्राएका हुन् । यस्तै उनले सन् २०१६ आफ्नै प्रशिक्षणमा नेपाली टिमलाई स्वर्ण दिलाएका हुन् ।

पछिल्लो समय उनी ए डिभिजन लिगका प्रशिक्षक रहेका छन् । गत वर्षको शीर्ष डिभिजन लिगमा उनले एनआरटी सम्हालेका थिए ।

किरण कुमार लिम्बु

नेपाली राष्ट्रिय टोलीका कप्तान ततः गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडीको तेस्रो स्थानमा रहेका छन् ।

भारतीय आई लिग क्लब पञ्जाब एफसीबाट खेलिरहेका किरणले ६२ क्याप जितेका छन् ।

विराजको बर्हिगमनसँगै राष्ट्रिय टिमका कप्तानी किरणले सम्हालिरहेका छन् ।

किरणले जापानी क्लबमा 'ट्रायल' दिने ...

राष्ट्रिय टिममा नियमित रहेका कारण किरणले विराजको नाममा रहेको कीर्तिमान तोड्न सक्ने सम्भावना रहेको छ ।

किरणले कुवेतविरुद्ध भुटानमा खेलिएको होम खेलमा नेपालको प्रतिनिधित्व गर्दै ६२ क्याप पुरा गरेका हुन् । किरण सन् २००८ बाट राष्ट्रिय टिममा नियमित रुपमा रहेका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो