सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

अभिषेकको लकडाउन डायरी : 'फिटनेसमा फोकस'

आइतबार, चैत २३, २०७६नमीन ढकाल
अभिषेकको लकडाउन डायरी : 'फिटनेसमा फोकस'
Classic Tech Internet Ad

काठमाडौं । चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले संसारलाई आक्रान्त बनाएको छ । कोरोनाले विश्वमा ६० हजार बढीको ज्यान गईसकेको छ र १० लाख बढी संक्रमित रहेका छन् ।

विश्वको सबै क्षेत्रलाई धरासायी बनाएको कोरोनाले विश्व खेलकुद ठप्प छ । यसमा नेपाली खेलकुद अछुतो छैन ।

नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेको छ । हालसम्म ९ जनामा कोरोनाको पोजेटिभ देखिएको छ ।

जसको कारण नेपाल सरकारले देशमा ‘लकडाउन’ गरेको छ । अत्यावश्यक सामाग्री बाहेक सबै क्षेत्र पूर्ण रुपमा ठप्प छन् ।

सरकारले भने लकडाउन घोषणा गर्नु अघि नै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको थियो ।

खेलकुद गतिविधि बन्द हुँदा र देश लकडाउनमा रहेको अवस्थामा खेलाडीहरु पनि बन्द कोठामा थन्किएका छन् ।

दैनिकी रुपमा मैदानमा देखिने खेलाडी अहिले बन्द कोठामा छन् । उनीहरु घरमै सामान्य अभ्यासमा सिमित भएका छन् । जसमा राष्ट्रिय फुटबल टिमका युवा स्टार अभिषेक रिजाल पनि एक हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ ताराको रुपमा लिईएका अभिषेक घरमै बसेर सुरक्षित अभ्यास गरिरहेका छन् । अन्य खेलाडी झैँ अभिषेक ‘लकडाउन’ का कारण घर बाहिर निस्कन पाएका छैनन् ।

कोरोनाको कारण अहिलेको अवस्था निकै नाजुक रहेको कारण घरमै सुरक्षित अभ्यास गरिरहेको र आफ्नो फिटनेसलाई ध्यान दिएको अभिषेक बताउँछन् ।

‘कोरोनाको कारण अहिलेको समय र परिस्थिति निकै गाह्रो छ । चारैतिर नराम्रा घटना सुनिएको छ । म पनि घर भित्रनै सुरक्षित अभ्यास गरिरहेको छु । दैनिकी बलसँग टचमा छु ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी अभिषेकले आफ्नो दैनिकी खेलपाटीलाई सुनाए ।

२० वर्षे अभिषेक बाफलमा आफ्नै घरमा रहेका छन् । उनी दैनिकी रुपमा आफ्नो अभ्यास सामाजिक संञ्जालमा पनि पोस्ट गरिरहेको छन् ।

विहान र बेलुकी २–२ घण्टा अभ्यासमा व्यस्त अभिषेक कोरोनाको कारण मैदानमा छिर्न अझै केहि समय पर्खनु पर्ने बताउँछन् ।

‘परिस्थिति हेर्दा यो कोरोना लामौ समय रहँदा जस्तो छ । नेपालमा समेत बढ्ने क्रम जारी छ । जसका कारण रेष्ट लामो होला जस्तो छ,’ मलेसियाविरुद्ध भएको मैत्रीपूर्णबाट राष्ट्रिय टिमबाट डेब्यु गरेका अभिषेकले भने ।

गत जेठ तेस्रो साता मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट अभिषेकले पहिलो पटक खेल्ने मौका पाएका थिए । अभिषेक खेलको ६४ औं मिनेटमा अर्का स्टार नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।

उनले दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गर्दै राष्ट्रिय टिममा आफ्नो प्रभुत्व जमाएका थिए । प्लेईङ सेटमै खेलेका अभिषेकको गोलमा नेपालले घरेलु टिम ताईपेलाई मैत्रीपूर्ण खेलमा १–१ को स्थितिमा रोकेको थियो ।

अभिषेक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । डिसेम्बर १ देखि १० सम्म काठमाडौंमा भएको सागमा उनको उच्च प्रदर्शन बाबजुद नेपालले भुटानलाई पराजित गर्दै फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको थियो । सागमा उनले ४ गोल गरेका थिए ।

घरेलु फुटबलमा लिग विजेता मछिन्द्र क्लबसँग रहेका अभिषेकले केहि समय अघि माल्दिभ्सको दोस्रो डिभिजनको लिग समेत खेलेको थिए । त्यहाँ रहँदा जे स्पोर्टस्बाट खेलेका उनले ७ गोल गरेका थिए ।

एसियाली खेलुकद महासँंघ (एएफसी) ले आयोजना गर्ने एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेका अभिषेकले यो महामारिको अवस्थामा आफ्नो फिटनेस र बडीलाई धेरै ध्यान दिएको समेत सुनाए ।

‘घर भित्रै रहँदा अहिले फिटनेस र बडीलाई धेरै ध्यान दिएको छु । मैदानमा निस्कन केहि समय लाग्ने भएकाले अव यसैमा बढि ध्यान दिन्छु ।’

नेपाल पुलिसबाट लोनमा मनाङ मर्स्याङ्दी क्लब पुगेका अभिषेकले अवे खेलमा चेन्नईन एफसीविरुद्ध गोल गर्दै एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास आफ्नो नाममा लेखाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै