काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी पूर्व कप्तान बिनिता बुढाथोकीको सफल शल्यक्रिया गरिएको छ ।
बाँकेको नेपालगञ्जमा यसै महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दौरान चोट बोकेकी बिनिताको बिहिबार सफल सल्यक्रिया गरिएको हो ।
उनको सतुङ्गलमा रहेको एपीएफको हस्पिटलमा शल्यक्रिया गरिएको हो ।
विभागीय टिम एपीएफकी खेलाडी समेत रहेकी बिनिताकै कप्तानीमा एपीएफले प्रधानमन्त्री कप खेलेको थियो ।
उनले चोट बोकेपछि फाईनल खेलमा एपीएफलाई हराउँदै पुलिस क्लब प्रतियोगिताको च्याम्पियन बनेको थियो । खेल्ने क्रममा बिनिताको दायाँ खुट्टाको मांसपेशी च्यातिएको थियो ।
एपीएफकै मुख्य स्पाईकर सरस्वती चौधरी समेत चोटका कारण पछिल्लो समय मैदान बाहिर छिन् ।
बिहिबार सल्यक्रिया गरेकी बिनिता कम्तिमा ६ महिना मैदान बाहिर रहने चिकित्सकले बताएका छन् । करिब दुई महिना पछि उनको खुट्टामा लगाईएको प्लास्टर खोलिने चिकित्सकले उल्लेख गरेका छन् ।
राष्ट्रिय महिला भलिबल टिमकी पूर्व कप्तान बिनिता पछिल्लो समय क्लब भलिबलमा मात्र सक्रिय छिन् ।